चलचित्रले डेढ महिना पहिले सडकमा कलाकारलाई नचाएर अभिनय गरेको गीत सार्वजकि गरेको थियो । फागुन ३ गते भ्यालेन्टाइन दिवसको अवसर पारेर चलचित्र प्रदर्शनमा ल्याउने निर्माण पक्षले जनाएको छ । चलचित्र बुलबुलको ‘खुद्राखाद्री मायाले’ बोलको गीत चर्चामा छ । निर्देशक विनोद पोडेलले बुलबुलबाट स्वस्तिमाको नयाँ अवतार देखिने दाबी गरेका छन् । नेपाली चलचित्र उद्योगले बुलबुलमार्फत सशक्त नवअभिनेता पाउने दाबी पनि उनको छ ।
बुलबुलका निर्माता अविरल थापा र कार्यकारी निर्माता रामराजा दाहाल हुन्। चलचित्रको छायांकन सुसन प्रजापतिले गरेका छन्। बुलबुलमा स्वस्तिमाका साथै नवनायक मुकुन भुसाल, बुद्धि तामाङ, दीपक क्षेत्री, लक्ष्मी बर्देवा, एलिना कार्की ,जोयश पाण्डे, उज्जल अधिकारी, सृष्टि भट्टराई आदिको अभिनय छ।
सिनेमामा संगीत कोसिस क्षेत्री र उदगम परियार तथा स्वर निश्चल बस्नेत र रजिना रिमालको रहेको छ ।
">बुलबुलको टिजर