काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई एकदिवसिय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको अन्तिम खेलमा आयोजक युनाइटेड अरब इमिरेट्स (यूएई) ले २५६ रनको लक्ष्य प्रस्तुत गरेको छ । आईसीसी एकेडेमी ओभलमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले पूरा ५० ओभर खेल्दै ६ विकेट गुमाएर २५५ रन बनाएको हो । खेलमा नेपालका करण केसीले व्यक्तिगत दोस्रो विकेट लिएका थिए ।
करणले सीपी रिजवानलाई पवेलियनको बाटो देखाएका हुन् । यसअघि छैटौं ओभरमा करणले चिराग सुरीलाई विकेटकिपर विनोद भन्डारीमार्फत क्याच गरेका थिए । करणबाहेक नेपालका कप्तान पारस खड्का, सन्दीप लामिछाने, सोमपाल कामी १–१ विकेट लिएका छन् ।
