अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनका क्रममा तत्कालीन परीक्षा प्रशासन महाशाखा प्रमुख वैकुण्ठप्रसाद थपलियाले नक्कली प्रमाणपत्र जारी गरेको खुलेको हो।,
आयोगका अनुसार थपलियाले गोरखापत्र संस्थानका तत्कालीन उपसम्पादक वासुदेव पोखरेललाई नक्कली प्रमाणपत्र बनाइदिएका हुन्। पोखरेल सोही प्रमाणपत्रका आधारमा संस्थानमा प्रवेश गर्नाका साथै बढुवासमेत भएका खबर आजको कान्तिपुरमा छ।
थपलियाले नक्कली शैक्षिक प्रमाणपत्र जारी गरेको र संस्थानका तत्कालीन उपसम्पादक पोखरेलले त्यसैका आधारमा सेवा प्रवेश गरी बढुवा भएको पुष्टि भएकाले दुवै विरुद्ध मुद्दा दायर गरिएको आयोगल जनाएको छ।