अदितिको बलिउड चलिचित्रमा प्रवेश गर्नै संघर्ष भने आजका मितिसम्म जारी नै छ। यसबीच यी अभिनेत्रीले इन्स्टाग्राममार्फत आफू प्रेममा परेको जानकारी घुमाउरो शैलीमा दिएकी खबर आज शुक्रबार प्रकाशित साप्ताहिकले छापेको छ।
गत शनिबार इन्स्टाग्राममा एउटा तस्बिर सार्वजनिक गर्दै अदितिले भारतीय र्यापर अलिम मोरानीसँग प्रेममा रमाइरहेको संकेत गरेकी हुन्। मोरानीसँग समुद्री किनारको सुन्दर लोकेसनमा खिचिएको उक्त तस्बिरसहित अदितिले प्रेमको इमोजी राखेर ‘गुड टाइम्स’ भन्ने क्याप्सन लेखेकी छन्।