लाग्छ, भएको प्रकृति मासेर हामी जानीजानी धुँवाधुलोको जंगलमा हराउने बानी पर्दै गएका छौँ। देशको झण्डै एक चौथायी जनसंख्या प्रदूषणले यसरी नै निस्सासिन बाध्य छ।
युरोपेली संस्था आईक्यु एयरले सूचीकृत गरेका धेरै प्रदूषित राजधानीमध्ये चार सहर एसियाकै छन्। अध्ययन प्रतिवेनमा पहिलो नम्बरमा भारतको नयाँ दिल्ली छ भने सातौँ नम्बरमा काठमाडौँ छ।
सुख्खा र वर्षायामको तुलनामा हिउँदमा काठमाडौँ बढी प्रदूषण हुन्छ। हिउँदमा घाम कम लाग्ने, तापक्रम न्युन हुने र तुँवालो लाग्ने भएकाले प्रदूषित हावा सतहमै रहन्छ।