भन्सार विभागका अनुसार आव ०७५/०७६ मा एक लाख ७८ हजार क्विन्टल प्याज आयात भयो। यसरी आयात गर्दा देशले पाँच अर्व ६२ करोड रुपैयाँ विदेश पठाइएको छ।
चालु आर्थिक वर्षको पहिलो चार महिनामा एक अर्ब ५८ करोड ७७ लाखको ४१ हजार नौ सय क्विन्टल प्याज आयत भएको छ।
भन्सारमा ३५ रुपैयाँ प्रतिकिलो दरले मूल्यांकन गरेर ल्याएको प्याज बजारमा दुई सय ५० रुपैयाँमा विक्री भइरहेको छ। तर, भन्सार छलिँदा आँखा चिम्लिने सरकार उपभोक्ता ठगिँदा मूकदर्शक छ।