विस्फोट र घटनाका मुख्य अभियुक्त मोहम्मद अफ्ताब आलमलाई तत्कालीन सीडीओ दुर्गा भण्डारीले नै संरक्षण गरेको उनको दाबी रहेको खबर आजको नयाँ पत्रिकामा छ। बम विस्फोटको सूचना पाएपछि आफूले भण्डारीसँग अनुमति मागे पनि उनले नेपाल प्रहरीले अनुसन्धान गर्ने भन्दै रोकेको लामाले बताएका छन्।
विस्फोटमा घाइते भएकालाई ट्याक्टरमा राखेर इँटाभट्टामा पुर्याउन सशस्त्रकै प्रहरीले स्कर्टिङ गरेको विभिन्न अनुसन्धान र प्रत्यक्षदर्शीको दाबी छ।
पहिलो संविधानसभा निर्वाचनमा बुथछेउ बम पड्काउने र मतदातालाई तर्साएर बुथ कब्जा गर्ने योजनाअन्तर्गत बम बनाइएको थियो। बम बनाउने क्रममा २७ चैत ०६४ मा विस्फोट हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको प्रहरीको दाबी छ। घटना लुकाउन घाइतेलाई समेत बेहोस हुने सुई लगाएर इँटाभट्टामा हालेर जलाइएको पीडितले बताएका छन्। उक्त अभियोगमा अहिले आलम जेलमा छन्।