२४ मिनेटमा पछि परे पनि बार्सिलोनाले खेलको ३८ औं मिनेटमा पिकेको उत्कृष्ट हेड गोलको मद्दतमा खेलमा फर्किएको थियो। बार्सिलोनाको जितमा जेरार्ड पिके, कप्तान लियोनेल मेस्सीले पेनाल्टीमार्फत र लुइस स्वारेजले गोल गरे। मेस्सीको फ्रिकिकमा पिकेले हेडमार्फत गोल गरेका थिए। ५१औं मिनेटमा कप्तान लियोनेल मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई खेलमा २–१ को अग्रता दिलाए।
नेल्सन सेमेडोलाई जोर्डी अमातले लडाएपछि रेफ्रीले भिएआरको सहायतामा बार्सिलोनालाई पेनाल्टीको मौका दिएको थियो। जसलाई मेस्सीले सदुपयोग गरे। ८२औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै बार्सिलोनालाई ३–१ को सहज जित दिलाए।
जितसँगै बार्सिलोनाको २७ खेलबाट ६३ अंक पुगेको छ। बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिको मड्रिडलाई ७ अंकले पछि पारेको छ। मड्रिडको समान खेलबाट ५६ अंक छ। तेस्रो स्थानको रियल मड्रिडको भने ४८ अंक छ। पराजित रायो भालेकानो २३ अंकसहित रेलिगेसन जोनको १९औं स्थानमा छ।