बैठकपछि निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले मंसिरभित्रै चुनाव गर्नुपर्छ भन्नेमा दलका प्रतिनिधिहरूको एकमत रहेको बताए। बैठकमा संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १८ वटा राजनीतिक दलहरू सहभागी थिए। निर्वाचन आयोगको विवरण अनुसार अहिले ५० ठाउँमा उपनिर्वाचन गराउन पर्नेछ।
