भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले राष्ट्रियसभामा दर्ता गरेको ‘काठमाडौँ उपत्यका सार्वजनिक यातायात प्राधिकरण गठन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ मा सार्वजनिक यातायातमा अपशब्द प्रयोग गर्नेलाई पाँच हजारसम्म जरिवाना गर्ने प्रस्ताव गरिएको हो।
काठमाडौं उपत्यकाको सार्वजनिक यातायातलाई मात्र प्राधिकरणमार्फत व्यवस्थित बनाउन सरकारले नयाँ कानून बनाउन लागेको हो। राष्ट्रियसभामा छलफलका क्रममा रहेको सो विधेयक पारित भएमा सार्वजनिक यातायातमा अर्मयादित व्यवहार गर्ने र भाषा प्रयोग गर्नेमाथि कारबाही गर्न बाटो खुल्नेछ ।