गत आर्थिक वर्षको बजेट भषणमार्फत ८ प्रतिशतको आर्थिक वृद्धिरको लक्ष्य प्रस्तुत गरिए पनि मध्यावधि समीक्षामार्फत त्यसलाई संशोधन गर्दै ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर कायम गर्ने लक्ष्य राखेको थियो। अघिल्लो आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६ दशमलव ९ प्रतिशत कायम भएको थियो।
अर्थ मन्त्रालयले आज गत आर्थिक वर्षको प्रतिवेदन सार्वजनिक गर्दै नेपालले एक वर्ष अवधिमा १४ खर्ब १८ अर्ब ५४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएकोमा ९७ अर्ब ११ करोड रुपैयाँ बराबरको मात्रै वस्तु निर्यात भएको पाइएको छ। जसअनुसार नेपालको व्यापारघाटा १३ खर्ब २१ अर्ब ४३ करोड रुपैयाँ बराबरको देखिएको छ।
एक वर्षमा नेपालको राजस्व संकलन ८ खर्ब ५९ अर्ब भएको देखाएको छ। जुन लक्ष्यअनुसारकै देखिएको छ। गत आर्थिक वर्षमा ६ खर्ब ६० अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य सरकारले राखेको थियो।