उनले ‘द कपिल शर्मा सो’मै यसको खुलासा गरेका हुन्। कार्यक्रममा आफ्नो फिल्म प्रमोसनका लागि सोनाक्षी सिन्हा र बादशाह पुगेका थिए। उनीहरूसँग कपिलले प्रिन्टिङ मिलमा काम गर्दाको अनुभव साटेका खबर आजको नयाँ पत्रिकामा छ।
कपिलले आफ्नो जागिरको सुरुवात कपडा छपाइ हुने मिलबाट गरेका थिए। उनको पहिलो तलब १५ सय रुपैयाँ थियो।