संयुक्त राष्ट्रसंघकै आयोजनामा हुने अर्को उच्चस्तरीय कार्यक्रममा उपप्रधानमन्त्री उपेन्द्र यादव र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत पनि न्युयोर्क जाँदै छन्। न्युयोर्कमा ज्ञवालीले सार्क मुलुकको अनौपचारिक मन्त्रिपरिषद् (परराष्ट्रमन्त्रीस्तरीय) बैठक आयोजना गरेका खबर नयाँ पत्रिकामा छ।
‘यस वर्ष प्रधानमन्त्रीले राष्ट्रसंघीय महासभामा सहभागी नहुने निर्णय पहिले नै गर्नुभएको हो, परराष्ट्रमन्त्रीले महासभालाई सम्बोधन गर्नेदेखि सबै नियमित उच्चस्तरीय कार्यक्रममा सहभागिता जनाउनुहुनेछ,’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराईले भने। यो
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीले स्वास्थ्यका कारण यसपटक नजाने निर्णय लिएका हुन् । यद्यपि, महासभामा सबै देशबाट सरकारप्रमुख वा राष्ट्रप्रमुख सहभागी हुने प्रचलन छैन।