यसका लागि तत्कालीन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको निर्णयअनुसार ०७० माघसम्ममा नख्खु खोलको अतिक्रमित क्षेत्र खाली गर्न परिपत्र गरेको देखिन्छ। त्यो परिपत्रअनुसारको निर्णयलाई समितिले अहिले कार्यान्वयनमा ल्याएको खबर आजको कान्तिपुरमा छ ।
निर्णयअनुसार कुसुन्तीको हकमा नदीको बहाव क्षेत्र ०२१ को नापीअनुसार कायम गर्ने उल्लेख छ।
त्यहीअनुरूप समितिले पहिलो चरणमा वाग्मती दोभानदेखि तीन किलोमिटर दक्षिण कान्तिपुर कोलोनीसम्म काम सुरु गर्ने जनाएको छ । यसका लागि करिब ९१ करोड रुपैयाँको ठेक्का दिइसकिएको छ।