रचनाकार तथा कलाकार नीर शाहले नारायण गोपाल साङ्गीतिकरुपमा निकै सङ्घर्षशील रहनुभएको चर्चा गर्नुभयो । शाहले नेपाल नजानिँदो रुपमा खेलकूद र सङ्गीतमा अगाडि बढिरहेको बताउँदै खेलकूदमा अनुशासन र सङ्गीतमा गहन अध्ययन आवश्यक रहेको औँल्याउनुभयो ।
उक्त अवसरमा स्मृति कोषले नारायण गोपालसँगै रहेर काम गर्ने गीतकार दिनेश अधिकारी, गीतकार डा दीर्घसिंह बम, कलाकार तथा गीतकार नीर शाह, गीतकार राजेन्द्र रिजाल, सङ्गीतकार विश्वम्भर प्याकुरेल र कर्म योञ्जनलाई नगर रु २५ हजारसहित सम्मानसमेत गरेको थियो । सभामा सङ्गीतकार भूपेन्द्र राजमाझी, रचनाकार प्रकाश रायमाझी, गीतकार उन्नति शिला बोरा, सङ्गीतकार न्ह्यु बज्राचार्यलगायतको सहभागिता थियो ।