शुक्रबार राति सम्पन्न लिग वानको अन्तिम खेलमा केलियन एम्बाप्पेले एक गोल गरेपछि मेस्सीभन्दा तीन गोलले पछि परेका हुन्। एम्बाप्पेले ३३ लिग गोल बनाएका छन् भने मेस्सीले ३६ गोल गरेका छन्।
बार्सिलोला स्टार मेस्सीले सन् २०१०, २०१२, २०१३, २०१७, २०१८ र २०१९ मा क्रमश ३४, ५०, ४६, ३७, ३४ र ३६ गोल गर्दै गोल्डेन बुट जितेका हुन। यसर्थमा हेर्ने हो भने मेस्सीले बनाएको इतिहासमा ३४ भन्दा थोरै गोल गरेर गोल्डेन बुट पाएका छैनन्। एम्बाप्पे उनको सबै उत्कृष्ट गोलबाट पछि परेका छन्।