अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जन बोल्टनका अनुसार कि राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले यो निर्णय ‘अनेकौं उत्तेजित बनाउने संकेत र चेतावनीको जवाफमा’ लिएको हो।
एक अमेरिकी अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा मध्यपूर्वका अमेरिकी सैन्य अखडामा आक्रमणको आशंकाले अमेरिकाले भूमध्यसागरमा युद्धपोत तैनाथ गरेको हो। बोल्टनले कुनै पनि आक्रमणको ‘दह्रो जवाफ’ दिइने बताए।
‘अमेरिका यूएस अब्राहम लिंकन क्यारियर स्ट्राइक ग्रुप र एउटा बम्बर टास्क फोर्स आफ्नो मध्य कमान्ड क्षेत्रमा पठाउँदैछ,’ उनले भने, ‘हामी इरानलाई स्पष्ट र सीधा सन्देश दिन यसो गरिहेका छौं कि अमेरिका वा सहयोगी राष्ट्रमाथि कुनै पनि किसिमको आक्रमण भए हामी तत्कालै दाँत भाँच्चिने जवाफ दिन्छौं।’