चालू अर्थिक वर्षको अन्तिम समयमा दैनिक पाँच अर्ब बढी खर्च भइरहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । आर्थिक वर्षको अन्तिम समयमामात्रै पुँजीगत खर्चमा वृद्धि भएको कार्यालयको तथ्यांकले देखाउँछ ।
चालू वर्षका लागि तीन खर्ब १३ अर्बको पुँजीगत बजेट छुट्याइएको थियो । तर, असार २७ गतेसम्ममा एक खर्ब ९९ अर्ब अर्थात् ६१ प्रतिशतमात्रै खर्च भएको कार्यालयले जनाएको छ ।
कुनैपनि परियोजना तथा आयोजनाको आर्थिक तथा प्राविधिक सम्भाव्यता अध्ययनबिना नै राजनीतिक पहुँचको आधारमा आयोजनामा रकम विनियोजन गर्दा परिणाम आउन नसकेको अर्थविद्हरु बताउँछन् ।