वीरगन्ज: लोकसेवा विज्ञापन समानुपातिक समावेशी नभएको भन्दैै वीरगन्जमा सचेत युवाहरुको एक समुहले बिहिबार प्रदर्शन गरेको छ। वीरगन्ज स्थित घण्टाघर चोकमा भएको प्रदर्शनमा लोकसेवा विज्ञापनको विरुद्धमा चर्को नाराबाजी सहित प्रदर्शन भएको थियो। युवा नेता तथा समाजिक अभियन्ता ओमप्रकाश सर्राफको नेतृत्वमा भएको प्रदर्शन भएको थियो।
बिरोध कार्यक्रममा सहभागी बक्ताहरुले लोकसेवाको विज्ञापन शोसित उत्पीडीत समुदायलाई राज्यको मुलधारबाट वञ्चीत गर्ने सुनुयोजित षड्यन्त्र रहेकोले अविलम्ब सच्याउन माग गरेका थिए। सरकारले विज्ञापन नसच्याए वीरगन्जबाट अर्को जनआन्दोलनको बिगुल फुँक्ने उद्घोष समेत गरे।