१५ महिनाअघि निर्माण कार्य सुरु भएको परियोजनाको ८ महिना अगावै सफल परिक्षण भएको हो। यसको लागत ३ अर्ब २५ करोड भारतीय रुपैयाँ रहेको छ। आज बिहान पाइपलाइनबाट तेल आएको प्रमुख यादवले बताए।
कुल ६९.२ किलोमिटर लामो पाइपलाइनमा नेपालतर्फ ३७.२५ र भारततर्फ ३२.६५ किलोमिटर पर्छ। पाइपलाइनमा २१ लाख लिटर तेल मौज्दात हुन्छ। पाइपलाइनबाट प्रतिघन्टा २ लाख लिटर डिजेल आयात गर्न सकिने उनले बताए।
नेपाल आयल निगम र भारतीय आयल निगमबीच नेपाल भारत क्रसबोर्डर पेट्रोलियम पाइपलाइन निर्माणका लागि सन् २००४ मा सम्झौंता भएको थियो।