काठमाडाैं: चीनले कश्मीरको विशेष अधिकार खोस्ने भारतीय कदमको विरोध गरेको छ । आफ्नो भूभाग जोडिएको लद्दाख क्षेत्र केन्द्र शासिन हुने निर्णयले चिनियाँ सार्वभौम अधिकार र हितमाथि चुनौति दिएको टिप्पणी चीनले गरेको छ ।
तीन दिने चीन भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरसँग समकक्षी वाङ यीले कश्मीर स्थितीलाई जटिल बनाउने गरी भएका कुनै पनि एकपक्षीय गतिविधिको चीनले विरोध गर्ने बताएका छन् । यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।
अवैध गतिविधिमा संलग्न गिरोहले बैंकमार्फत नै करोडौँ रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेर विदेश लैजाने गरेको अनुसन्धानबाट पत्ता लागेको छ। प्रहरी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यसबारे छानबिन गरेको खबर आजको नयाँ पत्रिका ...
उप निर्वाचन सकिएलगतै गृहमन्त्रालयले ६ जना जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । गृहमन्त्रालले मंगलबार सूचना जारी गर्दै ६ जना सिडिओको सरूवा गरेको जानकारी दिएको हो ।सरुवा हुनेमा नारायण प्रसाद भट्टराई, नारायण ...
टर्कीले सिरियाको उत्तरी क्षेत्रमा हवाई हमला गरेको केही घन्टामा स्थलगत आक्रमण पनि सुरु गरेको छ । टर्कीको सैन्य फौज युफ्रेटिज नदीको पूर्वी क्षेत्रमा प्रवेश गरेर हमला थालेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका ...