तर, जनवर्गीय संगठनको इन्चार्ज अर्थात् व्यक्तिबारे छलफल चल्दै गर्दा अध्यक्ष ओली र नेता नेपालबीचमा विवाद भयो । सोही बिषयलाई लिएर केहीबेर बैठकमा चर्काचर्कीनै भयो । दुई नेता चर्काचर्की गर्दा अन्य नेता भने मौन बसेका थिए ।
बैठकमा सहभागि एक नेता भन्छन्, ‘पूर्व एमालेको भागमा परेका विभाग, जनवर्गीय संगठनको इन्चार्जबारे छलफल गर्न प्रधानमन्त्रीले वालुवाटार बोलाउनु भएको थियो । त्यही क्रममा जनवर्गीय संगठनको इन्चार्जलाई लिएर दुई कमरेडबीचमा कुरा मिलेन । केहीबेर चर्काचर्कीनै भयो र छलफल निष्कर्षविहीन बन्यो ।’
बैठक निष्कर्षविहीन बनेपछि प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अब कसरी जाने भनेर छलफल गर्ने उनी निकट केही नेताहरुलाई बताएका थिए ।