नेपालको पुँजीबजारको इतिहासमै बिहीबार नेप्से अनलाइन कारोबार प्रणालीमार्फत् धेरै संख्यामा कारोबार भएको जनाइएको हो । यसदिन अनलाइन कारोबारबाटमात्रै २९ हजार ४०० कारोबारबाट ४५ करोड ४६ लाख रुपैयाँ बराबरका १८ लाख ७७ हजार कित्ता सेयर किनबेच भएको जनाइएको छ ।
यसदिन कारोबार संख्यामा रसुवागढी हाइड्रोपावर कम्पनी र सान्जेन जलविद्युत् कम्पनीको सबैभन्दा बढी योगदान रहेको पनि नेप्सेले जनाएको छ । यसदिन रसुवागढीकोमात्रै १२ हजार ५०९ ओटा र सान्जेनको ११ हजार ९९१ ओटा कारोबार भएको जनाइएको छ ।