मोटरसाइकल रोकेर युवक फोनमा कुरा गरिरहेको बेला सो समहूले नियन्त्रणमा लिएर कुटपिट गरेको र युवतीलाई नजिकै उखुवारीमा लेर बलात्कार गरेको प्रहरीले जनाएको छ। सबैले पालैपालो बलात्कार गरेपछि भागेका थिए। घटनास्थल भारतको सीमा नजिक पर्छ।
घटनाको एक घन्टापछि पीडितहरू इलाका प्रहरी कार्यालय बेलटारी पुगेका थिए । उजुरीलगत्तै पीडित किशोरीलाई अस्पताल लगेर प्रहरी अभियुक्तहरूको खोजीमा लागेको थियो । घटनामा संलग्न नौजनालाई प्रहरीले पक्राउ गरेको, एकजना भने अझै फरार रहेको इप्रका बेलटारीका प्रमुख इन्स्पेक्टर प्रकाश श्रीमलले बताए ।
‘घटनास्थल भित्री सडकखण्डको एकान्तमा पर्छ,’ इन्स्पेक्टर श्रीमलले भने, ‘समयमै सूचना पाएकाले अभियुक्तहरूलाई छिटै पक्राउ गर्न सफल भयौँ । फरार रहेका एकजना पनि उम्किन सक्दैनन् ।’ पीडित किशोरी खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
बलात्कारमा संलग्नहरू १९ देखि ४० वर्षसम्मका छन् । १९ वर्षका अमरनाथ भेडियार र पिन्टु राजभर, २२ वर्षका सन्दीप यादव, शिवराज राजभर र राजु भेसहर तथा २५ वर्षीय मनमोहन राजभर, ३२ वर्षीय सुरेन्द्र यादव, ३७ वर्षीय भीमललवा मुसहर र ४० वर्षीय नेत्र चौधरी पक्राउ परेका हुन् ।
उनीहरू सबै सुस्ता–३ कै भएको प्रहरीले जनाएको छ । तर, पीडितहरूसँग उनीहरूको चिनजान नभएकोसमेत प्रहरी बताउँछ । उनीहरूलाई जबर्जस्ती करणी मुद्दामा सोमबार अदालतबाट म्याद थपेर हिरासतमा राखिएको नवलपरासीका प्रहरी प्रमुख एसपी लालमणि आचार्यले बताएको खबर आजको नयाँ पत्रिका दैनिकमा छ।