मुलुकको ठूलो कृषि उपज बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा विषादी अवशेष द्रुत विश्लेषण (आरपीबीआर) ल्याबमार्फत दैनिक गरिने नमुना परीक्षणले तरकारी उत्पादन गर्दा विषादी प्रयोग गरिए पनि भान्सामा पुग्ने बेला त्यसको अवेशष न्यून रहने देखाएको छ।
ल्याबका बाली संरक्षण अधिकृत प्रकाश घिमिरेका अनुसार ल्याबले अर्गानोफस्फेट र कार्बामेड गरी दुईवटा समूहअन्तर्गतका विषादी परीक्षण गर्छ।
‘यो परीक्षणले एसिडाइल कोलिन्स्ट्रेन इन्जाइमको रोकावट दर पत्ता लगाउँछ,’ बाली संरक्षण अधिकृत घिमिरेले भने, ‘धेरैले यो प्रतिशतलाई विषादीको मात्रा भनेर बुझेको पाइन्छ। त्यो गलत हो।’ यो खबर आजको नागरिकमा छ।